रेशम चौधरीको पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रेशम चौधरीको पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद 


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुङ्गो लगाएको छ । काठमाडौँमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरूको नाम टुङ्गो लगाएको हो ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २-२ र मधेस प्रदेशमा १ सिटसहित ५ सिट पाएको छ ।

पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुङ्ग्याइएको छ । यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरिएको हो । मधेस प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरिएको महासचिव थापाले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ  भने प्रदेशतर्फ ७ सिट जितेको हो । यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस