माओवादीले पनि टुङ्ग्याउन सकेन समानुपातिक सांसदको अन्तिम सूची « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादीले पनि टुङ्ग्याउन सकेन समानुपातिक सांसदको अन्तिम सूची


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुङ्ग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्ने गरी सकिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ । 

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरूसँग छलफल गरेर भोलि टुङ्गो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस