पर्यटकबाट खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायो तीन करोड राजस्व  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटकबाट खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायो तीन करोड राजस्व 


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोड बढी राजस्व सङ्कलन गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार राजश्व सङ्कलन गरेको हो ।

चालु आर्थिक वर्षको मङ्सिर २० गतेसम्ममा १५ हजार ३ सय १३ पर्यटक खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ ।

जसमा साउन महिनामा २ सय ३ जना, भदौमा ६ सय ६१ जना, असोजमा ५ हजार ६ सय २९ जना, कात्तिकमा ७ हजार ७ सय ८६ जना र मङ्सिर १५ गते सम्ममा १ हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस