काठमाडौँबाट दिल्ली उड्न लागेको जहाजको टायर पन्चर भएपछि… « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँबाट दिल्ली उड्न लागेको जहाजको टायर पन्चर भएपछि…


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँबाट नयाँ दिल्ली उड्न ठिक्क परेको जहाजको टायर पञ्चर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।

एयर इन्डियाको एएल २१६ उडान नम्बरको जहाज ३ः४० मा त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली उड्ने तयारीमा थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज ‘ट्याक्सी वे’बाट थ्रेसहोल्ड एरियामा पुगेर धावनमार्गमा रन लिने तयारी गर्दै गर्दा टायरको प्रेसर कम भएको थियो । यसलाई एभिएसनको भाषामा ‘टायर फ्लाट’ हुनु भनिन्छ । जसको अर्थ सामान्य भाषामा पञ्चर हुनु हो । थ्रेसहोल्ड एरियामा पुगेपछि जहाज रन गरी टेकअफ लिने गर्छ । 

पञ्चर भएसँगै जहाजलाई मेसिनको सहायताले तानेर पार्किङ वेमा राखिएको छ । सो क्रममा केही बेर अवरुद्ध भएको विमानस्थल अहिले भने सामान्य बनिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस