कैलालीको दुईवटा नगरपालिकामा तालाबन्दी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कैलालीको दुईवटा नगरपालिकामा तालाबन्दी


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । कैलालीको दुईवटा नगरपालिकामा शुक्रबार तालाबन्दी गरिएको छ । जिल्लाको लम्कीचुहा र टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको हो । लम्कीमा गरिएको तालाबन्दीको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीले लिएको छ । 

नगरपालिकाको आवश्यकताभन्दा बाहिर गएर नगरप्रमुख सुशीला शाहीको एकल निर्णयले विलासी तथा महँगो मोटरसाइकल खरिदको विरोधमा तालाबन्दी गरेको नेकपाका कैलाली जिल्ला सचिव विनोद विष्टले बताए । 

मोटरसाइकल खरिद कार्य प्रचलित ऐन कानुन विपरीत रहनुका साथै नगरप्रमुख शाहीले नगरसभाको निर्णयलाई लत्त्याउँदै आफ्नै सो रुमबाट खरिद गराएको र नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन र सङ्कलनमा अनियमितता गरेकोले तालाबन्दी गरेको बताए । 

तर नगरपालिकामा लगाइएको ताला केही समयमै तोडिएको छ । अनियमितताको विरोधमा गरिएको तालाबन्दी तोडिएको प्रति सो नेकपाले कडा विरोध जनाएको छ । जिल्ला सचिव विष्टले अब हुने क्षतिको जिम्मेवारी स्वयम नगरपालिकाले नै लिनुपर्ने चेतावनी समेत दिए ।

त्यस्तै, टीकापुर नगरपालिकाले नगर क्षेत्रस्थित अतिक्रमित क्षेत्र खाली गराएको विरोधमा तालाबन्दी गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय कैलालीले जनाएको छ । जुन तालाबन्दी खुलाउने पहल जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए । केही दिनयता नगरपालिकाले अतिक्रमित क्षेत्रमा डोजर चलाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस