फोहोरबाट मल बनाउन ‘कम्पोस्ट बिन’ उपलब्ध गराउँदै महानगर  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फोहोरबाट मल बनाउन ‘कम्पोस्ट बिन’ उपलब्ध गराउँदै महानगर 


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने ‘कम्पोस्ट बिन’ सहुलियतमा दिने भएको छ ।

शुक्रबार महानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गरेर मल बनाउनका लागि बिन सहुलियतमा उपलब्ध गराउन लागेको हो । महानगरका अनुसार महानगरवासीलाई कम्पोस्ट बिन १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने छ ।

काठमाडौं महानगरपालिकाले १ साउनदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्ने भनेर सूचना निकाले पनि सफल भने भएको थिएन । महानगर आफैँले प्राङ्गारिक मल उद्योग खोल्ने योजना बनाएता पनि स्थान अभाव भएकोले कार्यान्वयन गर्न नसकेको बताउँदै आएको छ ।

यस अघि भक्तपुर नगरपालिकाले पनि आफ्नो पालिकामा कम्पोस्ट बिन सहुलियतमा उपलब्ध गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस