लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी(सूचनासहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी(सूचनासहित)


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।

पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस