आजदेखि उपत्यकामा मेलम्चीको पानी वितरण हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आजदेखि उपत्यकामा मेलम्चीको पानी वितरण हुने


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ ।

उपत्यकाको काठमाडौँ, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि बिहान औपचारिक रूपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ।

सबै स्थानमा एकै पटक पानी नपठाइने भन्दै साताभित्र सबै धारामा सहज रूपमा पानी वितरण गरिने मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। उनका अनुसार गत १८ गते काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो।

प्रशोधित पानी बिहीबार बेलुकी महाकालस्थित रिजर्भ ट्याङ्कीमा पठाइएको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो। बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो।

सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ। पानी वितरणको व्यवस्थापन भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्नेछ।

उपत्यकाको आरुबारी, जगडोल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जे लगायत स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ।

२०७८ असारको बाढीले क्षतिग्रस्त भएको मेलम्चीको हेडवक्र्सलाई अस्थायी रूपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस