हेटौँडा सिमेन्ट उद्योगले घटायो मूल्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हेटौँडा सिमेन्ट उद्योगले घटायो मूल्य


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ। निरन्तर घाटामा चलिरहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले उत्पादनको बिक्री बढाउन भन्दै मूल्य घटाएको छ । उद्योगले प्रतिबोरा सिमेन्टमा ४० रुपैयाँले मूल्य घटाएको हो । 

उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले निजी सिमेन्ट उद्योगहरूसँग प्रतिस्पर्धाका लागि गत आइतबारबाट प्रतिबोरा ४० रुपैयाँका दरले मूल्य घटाएको बताए । 

निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्यको अनुपातमा हेटौँडा सिमेन्टको मूल्य बढी भएकाले बिक्री बढाउन मूल्य घटाइएको महाप्रबन्धक पाण्डेको भनाइ छ । 

उद्योगले सात सय ४७ रुपैयाँमा प्रति बोरा बिक्री गर्दै आएको सिमेन्टको मूल्य ४० रुपैयाँ घटाएर बिक्री थालेको हो । करिब नौ सय रुपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने गरेको भए पनि निजी उद्योगहरूसँग प्रतिस्पर्धाका लागि प्रति बोरो सात सय ४७ रुपैयाँमा बिक्री गर्दै आएको उद्योग प्रशासनको दाबी छ ।

सिमेन्टको मूल्य घटाइएको भए पनि सोचेअनुरुप सिमेन्ट बिक्री भने नभएको महाप्रबन्धक पाण्डेले बताए । ‘उद्योगमा करिब दुईलाख बोरा सिमेन्ट मौज्दात छ । 

आर्थिक सङ्कट झेलिरहेको उद्योगबाट उत्पादित सिमेन्टको मौज्दात राख्नुभन्दा बिक्री बढाउन सके आर्थिक गतिविधि बढ्ने महाप्रबन्ध पाण्डेले बताए । सोही अनुरूप सिमेन्टको मूल्य केही समायोजन गरेको उनको भनाइ छ ।

लामो समयदेखि आर्थिक समस्या झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्टको मोटर बिग्रँदा ‘क्लिंकर’ उत्पादन ठप्प भएको छ । उद्योगको सबैभन्दा ठूलो बिग्रिँदा दुई सातादेखि क्लिंकर उत्पादन ठप्प भएको हो । 

उद्योगको सबैभन्दा ठूलो मोटर बिग्रिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए । 

मोटर मर्मत भएपछि उद्योग पुनः पूर्ण क्षमतामा चल्ने महाप्रबन्धक पाण्डेको भनाइ छ । करिब तीन हप्ताअघि मात्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको थियो । 

उद्योगले करिब एक दशकपछि दैनिक ७५० मेट्रिक टनको पूर्ण क्षमतामा उत्पादन थालेको थियो । तर, पूर्ण क्षमतामा सञ्चालनमा आएको एक महिना पनि पुग्न नपाउँदै मेसिन बिग्रिँदा फेरि उत्पादनमा समस्या आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस