गुडिरहेको स्कोरपियो जिपमा आगलागी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गुडिरहेको स्कोरपियो जिपमा आगलागी


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ। गोरखामा गुडिरहेको स्कोरपियो जिपमा आगलागी भएको छ। गण्डकी गाउँपालिका ८ स्थित बेनिघाट-आरुघाट सडकको चुल्ठेभिरमा गुडिरहेको जिपमा आगलागी हुँदा गाडी जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।  

काठमाडौँबाट फुजेलतर्फ जाँदै गरेको बा १६ च ७५४० नम्बरको सिल्भर कलरको स्कारपियो जिपमा बिहीबार दिउँसो आगलागी भएको प्रहरीको भनाई छ ।  

गाडीमा सवार ६ जना यात्रु र उनीहरूको सामान भने सुरक्षित स्थानमा सारिएको छ। चितवनको रत्ननगर न.पा. १५का लक्ष्मण लामिछानेले चलाएको गाडीमा आगलागी भएको हो। सो जिपमा सवार यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस