समानुपातिकको नाम टुङ्ग्याउँदै जनमत पार्टीले गर्‍यो सरकारमा जाने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समानुपातिकको नाम टुङ्ग्याउँदै जनमत पार्टीले गर्‍यो सरकारमा जाने निर्णय


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने गरेको हो ।

आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले जानकारी दिए । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । 

जनमत पार्टीले सङ्घका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । स्रोतका अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको । उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस