गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात लोकार्पण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात लोकार्पण


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठान डबलीमा बिहीबार आयोजित कार्यक्रममा प्राध्यापक भुवन ढुङ्गाना, लेखक श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणाले पुस्तक सार्वजनिक गरे ।

लेखक श्रीओम श्रेष्ठ रोदनले पारिजातका विषयमा यति खोजमूलक पुस्तक ल्याउनु आफैमा चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

प्राध्यापक भुवन ढुङ्गानाले पारिजातका विषयमा यति सूक्ष्म किसिमले अध्ययन गरी लेखिएको पुस्तक सायदै अर्को रहेको बताइन् । उनले यो पुस्तक पारिजातलाई बुझ्नका लागि मात्र नभई  उनका कृतिहरूको बारेमा जान्नको लागि पनि उपयोगी रहेको बताइन् ।

कार्यक्रममा लेखक प्रेरणाले यो पुस्तक २ दशकको समय लगाएर लेखेको बताए । विभिन्न नेपाली तथा विदेशी साहित्यकारहरूका फुटकर जीवनीमूलक रचना लेख्दै आएका प्रेरणाको पूर्ण जीवनी पुस्तक भने ‘सुश्री पारिजात’ पहिलो हो ।

Tags :
प्रतिक्रिया दिनुहोस