बजार अनुगमन प्रक्रियाबारे स्थानीय तहलाई जानकारी गराइँदै  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बजार अनुगमन प्रक्रियाबारे स्थानीय तहलाई जानकारी गराइँदै 


२२ मंसिर २०७९, बिहिबार


डोटी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले डोटी जिल्लाका स्थानीय तहलाई बजार अनुगमनको प्रक्रिया बारे जानकारी गराई रहेको छ । 

बुधबार डोटीको आदर्श गाउँपालिकामा पुगेर कार्यालयले बजार, होटेल र उद्योग अनुगमन प्रक्रिया र विधिको बारेमा जनप्रतिनिधिलाई जानकारी गराएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर दाहालले बताए । उनका अनुसार बजार अनुगमनको अधिकार स्थानीय सरकारलाई छ तर प्रक्रियाको बारेमा जानकारी नहुँदा अलमल्ल छन् । स्थानीय तहले आफै आफ्नो वडा र गाउँमा बजार अनुगमन गरुन्, बजार अनुगमनको महत्त्व, स्थानीय सरकारले बजार अनुगमन सम्बन्धी बनाउन सक्ने नीति नियम र अनुगमनको तरिकाबारे जानकारी गराएको उनले बताए । 

जनप्रतिनिधीहरुलाई विभिन्न विषयमा जानकारी गराउनुका साथै नमुनाको रूपमा मौवानगरदहमा रहेका ५ वटा पसल र २ वटा होटेलमा अनुगमन गर्नुका साथै सुधार गर्नुपर्ने विषयमा सुझाव दिइएको समेत  दाहालले बताए । 

आदर्श गाउँपालिकाले बजार अनुगमनको कार्यलाई विशेष महत्त्वका साथ नियमित रूपमा अनुगमन गरिने आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस