गहुँ छर्ने समयमा रासायनिक मलको अभाव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गहुँ छर्ने समयमा रासायनिक मलको अभाव


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । गहुँ खेती गर्नका लागि तयार रहेका पर्साका कृषकलाई रासायनिक मलको अभाव भएको छ ।

गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव भएको हो ।

सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरेर कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी सङ्घमार्फत स्थानीय पालिकाको सिफारिसमा मल वितरण गर्दै आएको छ ।

मल अभाव भएका कारण कृषकलाई वितरण गर्न नसकिएको सहकारी संस्थाले जनाएको छ । रासायनिक मल नपाएकाले गहुँबाली लगाउन समस्या भएको कृषकले गुनासो गरेका छन् । मलका साथै गहुँको बीउसमेत अभाव भएको पर्साका कृषकले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस