प्रचण्ड निवासमा समानुपातिक सांसद बन्न चाहनेको घुइँचो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्ड निवासमा समानुपातिक सांसद बन्न चाहनेको घुइँचो


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा समानुपातिक सूचीमा रहेकाहरूको घुइँचो लाग्न थालेको छ।

समानुपातिक सूचीमा रहेकाहरू हरेक दिन आफूलाई राख्न दबाब दिँदै प्रचण्ड निवासमा आउने गरेका हुन्।

समानुपातिक सूचीमा रहेकाहरूलाई भेट्दा प्रचण्डको दैनिकी नै अस्तव्यस्त बनेको बताइएको छ । 

माओवादीले समानुपातिकतर्फ १४ जना मात्रै पठाउन सक्ने छ । तर यहाँ सयौँ नम्बरमा रहेकाहरू समेत मलाई सांसद बनाइदिन पर्‍यो भन्दै आएका स्रोतको भनाई छ । 

माओवादी केन्द्रले समानुपातिकतर्फ पाएका १४ सिटमध्ये ११ जना महिला पठाउनु पर्नेछ। अहिले राष्ट्रिय सभामा माओवादीका १४ जना सांसद छन्। तीमध्ये ३ जना महिला छन्। 

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रबाट १८ जना निर्वाचित हुँदा दाङ २ बाट रेखा शर्मा निर्वाचित भएकी छन्। यसरी अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभा माओवादी केन्द्रका ४ जना महिला सांसद हुने भएका छन्।

सबै सिट गरेर संघीय संसदमा ४६ सिट पाउने माओवादीले ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकबाट धेरै महिला पठाउनु पर्ने देखिएको हो।   

Tags :
प्रतिक्रिया दिनुहोस