नेपाल मर्चेन्ट बैंकर्स सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल मर्चेन्ट बैंकर्स सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स सङ्घको अध्यक्षमा विजय लाल श्रेष्ठ (सनराइज क्यापिटल) निर्वाचित भएका छन् । बिहीबार भएको नेपाल मर्चेन्ट बैंकर्स सङ्घको १३ औँ वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । 

सङ्घको उपाध्यक्षमा पारस मणि ढकाल (ग्लोबल आइएमई क्यापिटल), महासचिवमा रमेन्द्र रायमाझी (एनआइसि एसिया क्यापिटल) र कोषाध्यक्षमा मनिष नारायण जोशी (नबिल इन्भेस्टमेन्ट बैङ्किङ) निर्वाचित भएका छन् । 

यसैगरी सदस्यहरूमा नारायण प्रसाद घिमिरे (नागरिक लगानी कोष), दिनेश थकाली (प्रभु क्यापिटल), नवीन बास्कोटा (नेपाल लाइफ क्यापिटल) र मानार्थ सदस्यमा निवर्तमान अध्यक्ष मेख बहादुर थापा (एनआइविएल एस क्यापिटल) चयन भएको सङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस