काठमाडौँको विकासलाई आधार बनाएर देशको पर्यटन विकास गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको विकासलाई आधार बनाएर देशको पर्यटन विकास गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन्।

बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौँ उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने बताए।

कार्ययोजनामा उपत्यकाको संस्कृति र सम्पदालाई आधारित बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अगाडी सारेको बताए। उनले नेपाललाई कुनै ऋतु विशेष मात्र नभई बाह्रै महिना पर्यटकको गन्तव्य स्थल बनाउने गरी योजना अगाडी बढाएको उल्लेख गरे। मौसमका कारणले पनि सधैँभरी घुमफिर गर्ने वातावरण रहेको उल्लेख गर्दै यहाँको संस्कृति र सम्पदाहरूलाई जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नयाँ पुस्तालाई कला, संस्कृति र जात्राहरूमा आकर्षण गर्नुपर्ने बताइन्। उनले हरेक चाडपर्वको वैज्ञानिक महत्त्व रहेको उल्लेख गर्दै सो महत्त्वलाई युवा पुस्तामाझ हस्तान्तरण गर्न सके उनीहरूले चाडपर्व तथा  कला, संस्कृतिहरूको संरक्षण गर्दै जाने उल्लेख गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस