सरकार र निर्माण व्यवसायीबीच सहकार्य हुनुपर्छ : चौधरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार र निर्माण व्यवसायीबीच सहकार्य हुनुपर्छ : चौधरी


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीको सामना गर्न जरुरी रहेको बताएका छन्।

बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रममा उनले सरकार र निजी क्षेत्र मिलेर चुनौती सामना गर्न आवश्यक रहेको बताए।

‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्ज छन्। गुणस्तरका काम नहुने कुरा, समयमा नसकिने कुरा छन्। यसलाई सम्बोधन गर्न जरुरी छ’, उनले भने, ‘जबसम्म हामी सरकार र निर्माण व्यवसायी दुवै पक्षबीच संयोजन हुन सक्दैन, त्यो वेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन सक्दैन।’

मन्त्री चौधरीले भौतिक निर्माणका काम गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै पैसा उपलब्ध गराउँदा सरकारले ध्यान दिनुपर्ने बताए। उनले निर्माणका काम समयमै र गुणस्तरयुक्त बनाउन निर्देशन दिए।

ठेकेदारले काम छोडेर भाग्दा कतिपय अवस्थामा समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण व्यवसायीले यसमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस