पुनः मतगणनाको माग गर्दै सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट « प्रशासन
Logo २१ माघ २०७९, शनिबार
   

पुनः मतगणनाको माग गर्दै सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । इलाम-२ मा पुनः मतगणना माग गर्दै नेपाली काँग्रेसका प्रत्याशी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । 

मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् ।

रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घण्टौँ मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबरजस्ती विजयी बनाएको उल्लेख छ । 

साथै, नेपाली काँग्रेसका प्रतिनिधि नराखी गणना गरिएको, काँग्रेसले मतगणना स्थगित गर्न निवेदन दिए पनि रातारात नेम्वाङलाई घोषणा गरेकाले बदर गर्न माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस