कैदीबन्दी भगाउने प्रहरीविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कैदीबन्दी भगाउने प्रहरीविरुद्ध मुद्दा दायर


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको छ। असोज १५ गते विराटनगर-७ स्थित नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको हो।  

झापा कारागारबाट उपचारका लागि मोरङ कारागारमा स्थान्तरण गरिएका  कैदी झापा गाउँपालिका-५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरन र बन्दी झापा गाउँपालिका-३ का २८ वर्षीय मञ्जिल गुरुङ फरार भएका थिए। दुवै जना कैदीबन्दी क्षयरोगी भएपछि उपचारका लागि मोरङ कारागारमार्फत क्षयरोग उपचार केन्द्रमा भर्ना भएका थिए।  उपचारकै क्रममा दुवै जनालाई भगाएको आरोपमा प्रहरी जवान कृष्णमणि मेहताविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सुनसरी देवानगञ्ज घर भएका कृष्णमणि मेहतासहित फरार दुवै जना कैदीबन्दीलाई प्रतिवादी बनाएर मोरङ कारागारले ‘कैदीबन्दी भागे-भगाए’को शीर्षकमा मुद्दा दायर गरेको हो। जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गर्दै १६ वर्ष कैद सजाए सुनाएका कैदी हेमरनलाई फरार भएको डेढ महिनापछि गत मंसिर १ गते पक्राउ गरेको छ भने लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका बन्दी गुरुङ अझैसम्म फरार छन्।  

कैदीबन्दीको सुरक्षामा प्रहरी सहायक हवल्दार अरुणकुमार चौधरी र जवान मेहतालाई खटिएका थिए। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटाको नेतृत्वमा छानबिन समिति बनेको थियो। छानबिन समितिले दुवै जना प्रहरीलाई निलम्बन गरी गरेको छानबिनमा प्रहरीकै कमजोरीले कैदीबन्दी भागेको प्रतिवेदन तयार पर्‍यो। त्यस प्रतिवेदनका आधारमा दुवै जनाविरुद्ध कारागार ऐनअन्तर्गत कारबाही अघि बढाउन सिफारिस गर्‍यो। कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)लगायतका प्रहरीविरुद्ध विभागीय कारबाहीका लागि गरेको छ।  

कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कारागार प्रशासनले मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतको नेतृत्वमा छानबिन समिति बनाएको थियो। छानबिन समितिले कैदीबन्दी भगाउन सहायक हवल्दार चौधरीको संलग्नता नदेखिएको जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस