२६ वटा सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले पठायो यातायात विभाग « प्रशासन
Logo १० आश्विन २०८०, बुधबार
   

२६ वटा सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले पठायो यातायात विभाग


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । ट्राफिक प्रहरीले २६ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको हो।

सहप्रवक्ता एसपी अवदेश विष्टका अनुसार पटक-पटक नियम उल्लङ्घन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको हो। 

ती मध्ये एक जनाले ३८ पटक सम्म नियम उल्लङ्घन गरेको एसपी विष्टले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस