विश्व कप लिग-२ : नेपाललाई नामिबियाले दियो २ सय ७६ रनको लक्ष्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विश्व कप लिग-२ : नेपाललाई नामिबियाले दियो २ सय ७६ रनको लक्ष्य


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय ७६ रनको लक्ष्य दिएको छ ।

वान्डेरर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनायो ।

नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले । उनले एक सय ११ बलमा १५ चौका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकोल लोफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए । 

नामिबियामा भइरहेको यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस