अमेरिकी संस्करणको ‘द भ्वाइस’ बाट बाहिरिइन् परिजिता ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकी संस्करणको ‘द भ्वाइस’ बाट बाहिरिइन् परिजिता !


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाली मूलकी परिजिता बास्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुङ्गिएको छ ।

नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए ।

सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चार जना प्रतियोगीलाई जजले ‘स्ट्यान्ड सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।

परिजिताले आकर्षक गीत गाइन् तर कम भोटको आधारमा उनी बाहिरिनुपर्‍यो । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँच अर्थात् पाँचमा प्रवेश गरे । यी पाँचमध्ये एकले द भ्वाइसको उपाधि जित्नेछन् ।

परिजितालाई नेपाली मूलका कलाकार र समुदायले भोट दिन आग्रह गर्दै अभियान चलाएका थिए । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरेकी परिजिताको गायकीको प्रशंसा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस