काठमाडौँ महानगरले गर्‍यो सप्ताहव्यापी कार्यक्रम घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरले गर्‍यो सप्ताहव्यापी कार्यक्रम घोषणा


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू घोषणा गरेको छ । 

बुधबार २८ औँ महानगर दिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्ताहव्यापी कार्यक्रमको जानकारी गराएको हो ।

महानगरले महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवर्द्धन गर्न खाना मेला हुने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता नवीन मानन्धरले गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य र व्यवहारिक शिक्षा, मूर्त, अमूर्त सम्पदाको सन्तुलित विकासमा महानगर लागेको बताए ।

उनले महानगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग समन्वय, साझेदारी र सहकार्य भइरहेको पनि बताए । 

उनले सहरी विकासका लागि काम गर्ने छरिएर रहेका योजना, स्रोत र कार्यक्रमलाई एकीकृत पूर्वाधार विकासको थालनी गरिएको बताए । उनले महानगरमा राजश्व तिर्न, भवन नक्सा स्वीकृत गर्ने लगायतका कार्यका लागि महानगरले अनलाइन प्रणाली बनाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस