नेपालगञ्जमा नेपाली सेना सम्बन्धी प्रदर्शनी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपालगञ्जमा नेपाली सेना सम्बन्धी प्रदर्शनी


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाली सेनाको बज्रदल गण इमामनगर ब्यारेकले नेपाली सेना र यसले सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सेना सम्बन्धी प्रदर्शनी गरेको छ ।

नेपालगन्जको राझास्थित सेनाको ब्यारेकमा सञ्चालन गरिएको प्रर्दशनीमा सेनाले प्रयोग गर्ने पोशाक, हातहतियार, सवारी साधन, शंकास्पद बिस्फोटक पदार्थको पहिचान र त्यसबाट हुन सक्ने क्षतिबाट बच्ने उपायका बारेमा जानकारी दिइएको थियो ।

प्रर्दशनीमा नेपाली सेनाले विपदका बेला सञ्चालन गर्ने उद्दारका गतिबिधिका साथै बन र बन्यजन्तुको संरक्षणका लागि निकुन्ज क्षेत्रमा खटिएर नेपाली सेनाले गर्दै आएका कामहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको छ ।

प्रर्दशनीमा नेपाली सेनाका छोरा छोरीले अध्ययन गर्ने बाँके र बर्दियाका १६ वटा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस