महाकाली तटबन्ध विवाद : नेपाल र भारतीय पक्षबिच वार्ता हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाकाली तटबन्ध विवाद : नेपाल र भारतीय पक्षबिच वार्ता हुँदै


२१ मंसिर २०७९, बुधबार


धनगढी । दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतले एकतर्फी हिसाबले तटबन्ध निर्माण गर्दा भएको विवाद घटनामा नेपाल र भारतीय पक्षबिच वार्ता तथा छलफल हुने भएको छ।

आइतबारदेखि पेचिलो बनेको तटबन्ध विवादमा आज नेपाल र भारतका प्रशासनबिच छलफल हुने भएको हो। चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न मन्जुर भएको बताइएको छ।

बुधबार नेपाल र भारतीय प्रशासनबिच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने कुरा तय भएको दार्चुला प्रशासनले जनाएको छ। यस्तै उता, भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले पनि नेपाली प्रशासनसँग छलफल गर्ने भएकाले बैठकमा सहभागी हुन मातहतका कार्यालयलाई पत्राचार गरेकी छन्।

आज नेपाल र भारतका प्रशासनिक अधिकारीबिच धार्चुलास्थित विश्राम गृह लोक निर्माण विभागमा छलफल हुने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस