आज समानुपातिकको सिट बाँडफाँड गरेर दलहरुलाई पत्राचार गर्ने आयोगको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज समानुपातिकको सिट बाँडफाँड गरेर दलहरुलाई पत्राचार गर्ने आयोगको तयारी


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले बुधबार समानुपातिकतर्फको सिट बाँडफाँड गरेर दलहरुलाई पत्रचार गर्ने भएको छ।

दलहरुले प्राप्त गरेको मतका आधारमा सिट र क्लस्टर छुट्ट्याएर उनीहरुले बन्दसूचीमा उल्लेख गरेका नाम माग्न पत्राचार गरिने आयोगले जनाएको छ।

आयोगले दलहरुलाई नाम पठाउन तीन दिनको समय दिदैँछ। दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २८ गतेभित्रमा निर्वाचनको सम्पूर्ण परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष निर्वाचनबाट र १ सय १० जना समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस