चितुवाको आक्रमणबाट डोटीमा पाँच जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितुवाको आक्रमणबाट डोटीमा पाँच जना घाइते


२१ मंसिर २०७९, बुधबार


डडेलधुरा । डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५, बटालामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी घाइते भएका हुन् ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस