राजन र एलिनाको स्वरमा ‘मरे त सम्झना’ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजन र एलिनाको स्वरमा ‘मरे त सम्झना’ सार्वजनिक


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत सार्वजनिक भएको छ । गायक राजन तामाङको आफ्नै युट्युब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एवं श्रोताहरूले गीतलाई मन पराउनेमा आफू विश्वस्त रहेको गायक राजन तामाङले बताए ।

गायक एवं सङ्गीतकार आर बि लामाको शब्द र सङ्गीत रहेको उक्त गीतलाई रिकेश गुरुङले सङ्गीत संयोजन गरेका हुन् भने श्याम श्वेत रसाइलिले मिक्सिङ गरेका हुन् ।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आर बि लामा, अनु तामाङ र बाल कलाकार देवानसी राज्य लक्ष्मी शाह र श्रेयस ता माङको अभिनय समेटिएको छ ।

राम कुमार केसीले छायाङ्कन र राजीव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन् ।
हेर्नुस् भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस