आदर्श गाउँपालिकाले स्वयंसेवक शिक्षक राख्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आदर्श गाउँपालिकाले स्वयंसेवक शिक्षक राख्ने


२१ मंसिर २०७९, बुधबार


डोटी । डोटीको आदर्श गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा स्वयंसेवक रूपमा काम गर्न चाहिने युवाहरूलाई स्वयंसेवक शिक्षकको रूपमा राख्ने भएको छ ।

गाउँ शिक्षा समितिको मङ्गलवार बसेको बैठकको निर्णय अनुसार स्नातक तह अध्ययन पुरा गरेका स्वदेशी तथा विदेशी युवाहरुहरुलाई माध्यामीक तहमा स्वयंसेवक शिक्षकको रूपमा काम गर्न चाहिने युवाहरूलाई अवसर दिइने आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए ।

उनले भने पालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा माध्यामीक तहको गणित, विज्ञान र अंग्रेजी विषयमा स्वयंसेवक भएर काम गर्न चाहिने स्वदेशी तथा विदेशी युवाहरूलाई अवसर दिइने छ त्यस्ता युवाहरूलाई पालिकामा सम्पर्क गर्न जानकारी गराए । स्वयंम सेवक शिक्षक भएर काम गर्ने युवाहरूलाई विशेष सम्मान गरिने समेत अध्यक्ष खड्काले बताए ।

गाउँ शिक्षा समितिले पालिकाभित्र माध्यामीक तहमा शिक्षण अनुदानमा कार्यरत पालिकामा आवश्यक कागजात पेश गर्न बाकी रहेका सम्पूर्ण शिक्षकहरुलाई पौष १५ गते भित्र पालिकामा आवश्यक कागजात पेश गर्न जानकारी गराएको समेत पालिकाले जनाएको छ ।

स्वयंसेवक शिक्षक भएर काम गर्न चाहानेहरुका लागि सार्वजनिक रूपमा सूचना आह्न गर्ने यो डोटीको पहिलो पालिका हो ।

Tags :
प्रतिक्रिया दिनुहोस