पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ ।

बाँसबारीस्थित सहिद गङ्गालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो । ९२ वर्षका अनिल मुटु रोग, ब्लड प्रेसर र सुगरको बिरामी थिए। अनिलले मदन आश्रित दुर्घटनाको जाँचबुझ आयोगबाट निकै चर्चा बटुलेका थिए।

गङ्गालाल हस्पिटलमा मृत्यु भएका अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए।

उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानबिन गर्न बनेको जाँचबुझ आयोगको संयोजक थिए । तत्कालिन सरकारले न्यायाधीशबाट अवकाश भइसकेका अनिलको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटना हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस