स्वयंसेविकालाई मोबाइल फोन वितरण  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वयंसेविकालाई मोबाइल फोन वितरण 


२० मंसिर २०७९, मंगलबार


डोटी । डोटीको आदर्श गाउँपालिकाले पालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई मोबाइल फोन वितरण गरेको छ । 

गाउँघरमा रहेका स्वास्थ्य सम्बन्धीका सवालहरुलाई स्वास्थ्य संस्थामा जानकारी गराउन सहजता होस् भन्ने हेतुले महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई  मोबाइल फोन वितरण गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । 

गाउँपालिकाका सबै वडाभित्र रहेका ८७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको छ । महिला स्वयंसेविकाहरूले मोबाइल फोनको प्रयोग गर्दा समुदायमा रहेका स्वास्थ्य सम्बन्धीका समस्याहरूको बारेमा बेलैमा पहिचान गरी स्वास्थ्य चौकी सम्म जानकारी गराउन सहज हुने स्वास्थ्य शाखा संयोजक बम बहादुर खड्काको विश्वास छ । 

स्वयंमसेबिकाहरुको सक्रियता तथा कार्यसम्पादनको आधारमा पालिकाले १४ जना महिला स्वयंम सेविकाहरूलाई पुरस्कृत गर्नुका साथै दुई जना बिरामी स्वयंसेविकालाई उपचार खर्च बापत १५ हजारका दरले उपलब्ध गराउने र सबै स्वयंसेबिकाहरुको मोबाइलमा मासिक १ सयको रिचार्ज गर्ने समेत संयोजक खड्काले बताए । 

महिला स्वास्थ्य स्वयंमसेबिकाहरुलाई थप सेवा सुविधा दिन गाउँभाबाट थप ५ लाख रकम विनियोजन गरेको पालिकाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस