श्रीमतीलाई बन्धक बनाएर यौन शोषण गरेको न्यायाधीश गिरीमाथि आरोप  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

श्रीमतीलाई बन्धक बनाएर यौन शोषण गरेको न्यायाधीश गिरीमाथि आरोप 


२० मंसिर २०७९, मंगलबार


कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । यससँगै श्रीमान् गिरीले पनि पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि श्रीमतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

दुवै निवेदन लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि श्रीमती काठमाडौँ आई विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएपछि घटनाले चर्चा पाएको थियो । 

जिल्लामा प्रहरीले उजुरी लिन नमानेपछि श्रीमती राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिइन् । ‘न्यायाधीश गिरीले आफूलाई पटक-पटक गर्भ तुहाउन लगाएर मातृत्वको अधिकारबाट वञ्चित गराएको र बन्धक बनाएर कुटपिट गर्ने गरेको ’ उनको लिखित उजुरीमा उल्लेख छ ।

जिल्लाका ४ नम्बर न्यायाधीश गिरी पहिलो श्रीमतीसँग कानुनी रूपमै सम्बन्ध विच्छेद गरी कान्छी श्रीमतीसँगै बस्दै आएका थिए । गत फागुनमा १८ जना जिल्ला न्यायाधीशका लागि २१२ जनाले परीक्षा दिएकामा गिरीसहित ३ जना मात्र उत्तीर्ण भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस