औद्योगिक क्षेत्रको भाडा वृद्धि फिर्ता लिन उद्योगीहरूको माग  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

औद्योगिक क्षेत्रको भाडा वृद्धि फिर्ता लिन उद्योगीहरूको माग 


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालकहरूले भाडा वृद्धि फिर्ता लिन माग गरेका छन् । २०७५ सालमा बढेको भाडा उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगहरूलाई पत्राचार गरेपछि उद्योगीहरू आन्दोलित भएका हुन् ।

उद्योगीहरूको साझा संस्था नेपाल औद्योगिक क्षेत्र महांसघले उद्योग मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै बढेको भाडा असुल गर्न गरिएको ताकेता फिर्ता लिन ७ दिने अल्टिमेटम दिएको हो । भाडा उठाउने ताकेता फिर्ता नलिए कडा आन्दोलन गर्ने महासङ्घको चेतावनी छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रका ७४० वटा उद्योगले ५३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

२०७५ सालमा लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार बढेको भाडा उठाउन लिमिटेडले उद्योगहरूलाई ताकेता गरेको लिमिटेडले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस