पटक-पटक प्रधानमन्त्री बन्ने कुराले रूपान्तरण हुँदैन, कयौँ विकल्प छन् : विश्वप्रकाश शर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पटक-पटक प्रधानमन्त्री बन्ने कुराले रूपान्तरण हुँदैन, कयौँ विकल्प छन् : विश्वप्रकाश शर्मा


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् ।

उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नु पर्ने पक्षमा रहेको बताएका शर्माले केही दिनअघि आफू काठमाडौँ पुगेर त्यसको पेस्की भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले जनादेशलाई गणितीय जोडघटाउ मात्रै नभएर विकासका लागि सुम्पिएको अभिभाराका रूपमा दिनुपर्ने बताए ।

उनले  देश बनाउने भूमिका प्रधानमन्त्रीलाई दिने पद्धति नै बदल्नु पर्नेमा जोड दिए।  भोट दिएर जिम्मेवारी सकिने होइन मतदाता र उपविजेताको काम कहिल्यै नसकिने बताए । देशलाई जोगाउन काम गर्ने हरेक व्यक्तिलाई आफूले सम्मान गर्न चाहेको शर्माको तर्क छ । एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले रूपान्तरण नहुने उनले बताए ।

काँग्रेस पार्टी सभापतिका अघि कयौँ विकल्प रहेको उनले बताए । देशमा युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल  घनिभूत बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । आफू सांसद, मन्त्री मात्रै होइन देशको प्रधानमन्त्री बन्ने र विकास गर्ने योजनामा रहेको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस