दीपक मनाङेको कामबाट सिक्नुपर्छ : डा. बेदुराम भुसाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दीपक मनाङेको कामबाट सिक्नुपर्छ : डा. बेदुराम भुसाल


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले दीपक मनाङेको कामबाट सिक्नुपर्ने बताएका छन् ।

प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित मनाङे सोमबार मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, तिनकुनेमा स्वागत गर्दै महासचिव भुसालले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको बताए ।

उनले भनेका छन्, ‘एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नुभएको छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस