गाडी, बाइक, रक्सी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय   « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गाडी, बाइक, रक्सी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय  


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र सङ्कटमा भएको बेला नै पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको एक मन्त्रीले बताए । 

आयात प्रतिबन्ध लगाएका बस्तुहरू खुलाउन मुख्य सचिवको संयोजकत्वमा बनेको अध्ययन समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिससँगै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।

सम्बन्धित समाचार : प्रतिबन्धित चार बस्तुको आयात खुल्दै

नेपाल राष्ट्र बैङ्कका अनुसार नेपालमा अहिले १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ विदेशी मुद्रा संचिती रहको छ र यो रकम करिब ८ महिनाका लागि मात्रै बस्तु आयात पुग्छ । 

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाखदेखि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको थियो । यो निर्णयसँगै अब सबै खाले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात हुनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस