लोक सेवाका वैकल्पिकलाई करारमा राख्ने महानगर विज्ञापन चर्चामा, बालेनको हाइहाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवाका वैकल्पिकलाई करारमा राख्ने महानगर विज्ञापन चर्चामा, बालेनको हाइहाइ


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको एक विज्ञापन मङ्गलवार बिहानैदेखि चर्चामा छ । महानगरका लागि आवश्यक इन्जिनियर करारमा नियुक्त गर्दा लोक सेवा आयोगका विभिन्न विज्ञापनमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएकालाई राख्ने निर्णयले चौतर्फी प्रशंसा बटुलेको हो । 

आफ्ना तथा आफन्तको नियुक्तिबाट आजित नागरिकहरूले मेयर बालेनको निष्पक्षताप्रति उच्च सम्मान गर्दै सबैका लागि सिकाई भन्दै सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । 

पूर्वाधार सम्बन्धका कामका लागि आयोगका विज्ञापन नम्बरहरू नै उल्लेख गर्दै महानगरले अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिक इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई सात दिनभित्र निवेदन दिन भनेको थियो । 

सम्बन्धित समाचार : काठमाडौँ महानगरले माग्यो करारमा इन्जिनियर (सूचनासहित)

दलीय साँघुरो घेराभित्र रमाइरहेका राजनेता तथा जनप्रतिनिधिहरूका अनौठो मोहबाट मुक्त हुन सकेकोमा स्वतन्त्रबाट मेयर बनेका बालेनको मुक्त कण्ठले प्रशंसा भइरहेको छ । 

निष्पक्षतामा बेदाग एक मात्र संस्था लोक सेवा आयोगको परीक्षामा वैकल्पिक र अस्थायी सूची परेका उम्मेदवारलाई योग्यताक्रम अनुसार करारमा नियुक्त गर्ने कार्य क्षमताको कदर र योग्यता प्रणालीको सम्मान गरेको भन्दै कर्मचारी भित्रैबाट उनको प्रशंसा भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस