आयोगद्वारा समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आयोगद्वारा समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो । 

संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपता आएको छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउने व्यवस्था छ । 

प्रदेशसभातर्फ दलहरूले बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको समय थियो । सात दिनलाई संशोधन गरेर तीन दिन कायम गरिएको आयोगले जनाएको छ । आयोगले सिट बाँडफाँड गरी मंगलबार नै दलहरू पत्र पठाउने तयारी गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस