रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेस गरेका छन् ।

उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् । २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए ।

चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ सङ्कलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८  लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस