बम विस्फोटमा ७ कर्मचारी मारिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बम विस्फोटमा ७ कर्मचारी मारिए


२० मंसिर २०७९, मंगलबार


अफगानिस्तान । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार-ए-शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा ७ जना कर्मचारीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो ।

यसैबीच, नाम उल्लेख गर्न नचाहने एकजना प्रत्यक्षदर्शीले मृतकको सङ्ख्या पुष्टि गरिएको भन्दा बढी हुन सक्ने बताएका छन् । विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस