लुम्बिनी प्रदेश : बुटवलबाट मुख्यमन्त्रीको कार्यालय दाङ सारियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेश : बुटवलबाट मुख्यमन्त्रीको कार्यालय दाङ सारियो


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामानहरू बुटवलबाट दाङमा सारिएको छ।

स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको हो ।

निर्वाचन लगतै तयारी गरिए पनि केही ढिला गरी राजधानी सारिएको हो। स्थायी पूर्वाधार बनाएर मन्त्रालयहरू दाङ सार्न रुपन्देहीका एमाले र काङ्ग्रेसका नेताहरुले विरोध गरिरहेका थिए।

बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्निचरलगायत सामानहरू दाङ सारिएपछि अब दाङबाट नै काम हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेशसभाको दुई तिहाइ बहुमतले घोषणा गरिएको थियो। त्यसपछि देउखुरीमा संरचनाको अभाव देखाउँदै घोषणा भएको दुई वर्षसम्म पनि राजधानी स्थानान्तरण हुन सकेको थिएन।

तर मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यकालमै राजधानी स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस