कस्तो रहनेछ आजको मौसम ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कस्तो रहनेछ आजको मौसम ?


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज बिहान देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।  

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको  पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। 

तराई  भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस