अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका इन्टरनेटको तार काटिएको छ। यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ।

दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको हो। इन्टरनेट सेवा प्रदायकलाई पटक-पटक तार व्यवस्थापन गर्न आग्रह गरे पनि अटेरी गरेपछि बाध्य भएर तार काट्नु परेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए।

विद्युत् पोलको भुईँबाट टुप्पोसम्म तारले जेलिएको छ भने लत्रिएका तारले पैदल यात्रुलाई असर परेको छ। स्थानीयवासीले तार व्यवस्थापन गर्न नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस