भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूलाई न्यानो कपडा वितरण « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूलाई न्यानो कपडा वितरण


१९ मंसिर २०७९, सोमबार


डोटी । डोटीको पुर्विचौकी गाउँपालिकामा रहेका भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको छ । 

युनिसेफ नेपालको सहयोगमा बास नेपालले पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका सबै ९४ जना बालबालिका र २ जना सुत्केरी महिलाहरूलाई प्रभावित स्थानमा पुगेर सोमबार सहयोग गरेको हो । 

बढ्दै गएको चिसोबाट बालबालिका प्रभावित नहोउन् भन्ने उद्देश्यले जिल्ला विपत् व्यवस्थापन समिति, पूर्बीचौकी गाउँपालिका र वडा कार्यालयको समन्वयमा न्यानो कपडा वितरण गरेको हो । 

कपडा वितरण कार्यक्रममा बोल्दै पुर्विचौकी गाउँपालिकाकी उपाध्यक्ष पशुपति खड्काले  चिसो समयमा युनिसेफ नेपाल र बास नेपालले न्यानो कपडा वितरण गर्दा प्रभावित बालबालिकालाई ठुलो राहत पुगेको बताए । भूकम्प प्रभावित क्षेत्रका मानिसहरू अहिले पनि टेन्टमा बसिरहेका छन् अब यस्तै प्रकारका महिलाहरूका लागि न्यानो कपडा सहयोगको समेत अपिल गरेका छन् । भूकम्प प्रभावित क्षेत्रमा पुगेर यति ठुलो संख्यामा गरेको सहयोगको प्रशंसा गरेका थिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस