बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ। सशस्त्र प्रहरीले वीरगञ्जबाट बिलबिजकभन्दा बढी सामान बोकेको आशङ्कामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट वीरगञ्जबाट खटिएको टोलीले ना. ४ ख ९४३५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजकमा उल्लेख गरिएको भन्दा बढी सामान बोकेको विशेष सुराकीको आधारमा वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ट्रक वीरगन्ज-१४ पावरहाउस चोक बाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टले जानकारी दिए ।

बरामद गरिएको ट्रक सहित सामानको मूल्य ३५ लाख र ट्रकको मूल्य २ लाख ८४ हजार ६ सय ६१ रुपैयाँ अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस