यान्त्रिक अवस्था ठिक नभएका ४९ सवारी कारबाहीमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यान्त्रिक अवस्था ठिक नभएका ४९ सवारी कारबाहीमा


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ चुच्चेपाटी र कलंकीमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, माईक्रोबस, पानी ट्याङकर, मिनी ट्रक र पिकअप भ्यान लगायतका ४९ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार तालिम प्राप्त दक्ष प्राविधिक सहितको टोलीद्वारा आज दिउँसो दुई सय (२००) वटा सवारी साधन चेकजाँच गर्दा ब्रेकको अवस्था ठिक नभएका, वाईफर ठिक नभएका, लाइटहरू नभएका,र टायर धेरै घिसिएका ४९ वटा सवारी साधनलाई कारबाही गरिएको हो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न ट्राफिक प्रहरीले समय-समयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गर्दै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस