सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन 


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ। विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर-१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । 

अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोपसमेत लगाइनेछ । पहिलो दिन कञ्चनबारी, नोबेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । 

विराटनगर-१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिनेछ । विराटनगरका सबै वडाभित्र रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिएर केन्द्रमा पुर्‍याइनेछ । केन्द्रमा पशु विशेषज्ञबाट कुकुरको बन्ध्याकरण गरिने उनले बताए । 

सहारा एनिमल केयरसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो चरणमा ४०० कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप लगाइनेछ । बन्ध्याकरण र रेबिजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ । बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरासमेत खुवाइने शाखा प्रमुख यादवले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस