माया लुहारका हत्या आरोपी सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माया लुहारका हत्या आरोपी सार्वजनिक


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । घाँटी रेटेर हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले आज (सोमबार) पत्रकार सम्मेलन गरेर आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

कोलीलाई प्रहरीले आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको थियो । पक्राउ परेका कोलीलाई राति बैतडी पुर्‍याएर सोमबार सार्वजनिक गरेको हो । मायाको हत्यापछि उनी फरार रहेका थिए । उनीमाथि जिल्ला अदालत बैतडीबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो । प्रहरी स्रोतका अनुसार अहिलेसम्म मायाको हत्या घटनामा कोलीको संमलग्ता रहेको देखिएको छ । मायासँगै रहेकी अर्की किशोरी नेहालाई घाँटी रेटेर घाइते बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस