काठमाडौँमा मानवअधिकार महाभेला हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँमा मानवअधिकार महाभेला हुने


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मूल नाराका साथ १४ औँ मानवअधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेदेखि काठमाडौँमा हुने भएको छ ।

महाभेला मूल आयोजक समितिले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मंसिर २२ देखि २८ गतेसम्म हुने महाभेलाको तयारी तीव्र पारिएको जनाएको छ । यस वर्ष महाभेला कार्यक्रमको संयोजन पौरखी नेपाल र सहसंयोजन नेपाल पुनःस्थापकीय न्याय मञ्चले गर्ने भएको छ । 

मानवअधिकारको संरक्षण, सम्वद्र्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधिको शासन स्थापित गर्न तथा राज्यलाई नागरिकप्रति जबाफदेही र उत्तरदायी बनाउन महाभेला केन्द्रित हुने मूल आयोजक समितिका संयोजक मञ्जु गुरुङले जानकारी दिइन् । 

उनले विधिको शासन, मानव अधिकार, लोकतन्त्र र नागरिकको मानवअधिकारको प्रत्याभूत गराउन संघसंगठन र सरकारी तथा गैरसरकारी निकायको भूमिकालाई खबरदारी गर्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखिन् । 

गुरुङले मानवअधिकार महाभेलाको मंसिर २२ गते उद्घाटन उपराष्ट्रपति र मंसिर २८ गते मानवअधिकार आयोगका अध्यक्षको अध्यक्षतामा समापन हुने जानकारी दिइन् । नेपालमा मानवअधिकार, शान्ति, लोकतन्त्र, सुशासन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक सङ्घ संस्था, मानवअधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा सन २००९ देखि प्रत्येक वर्ष मानव अधिकार राष्ट्रिय महाभेला हुँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस